Sunday , 22 October 2017
Home / देश / भरतपुर महानगरमा ९० मतपत्र च्यातिएको भेटियो,आरोपी धरौटीमा रिहा

भरतपुर महानगरमा ९० मतपत्र च्यातिएको भेटियो,आरोपी धरौटीमा रिहा

१८ जेठ,२०७४ / खगेन्द्र खरेल
भरतपुर महानगरपालिका मतगणनाका क्रममा ९० मतपत्र च्यातिएको पाइएको छ । निर्वाचन आयोगले च्यातिएको मतपत्र गन्न निर्देशन दिएपछि उम्मेदवारहरुको रोहवरमा बिहीबार शिलबन्दी खोलिएको थियो ।

गणनामा संलग्न नेपाली कांग्रेसकी उपमेयरकी उम्मेदवार पार्वती शाहले च्यातिएको ९० मतपत्र गन्न सक्ने अवस्थामा नरहेको बताउनु भयो। सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाले गन्न मिल्ने सम्म मतपत्र टेप लगाएर पनि मिलाइएको बताउनु भयो । तर, च्यातिएका मतपत्रहरु गन्न मिल्ने अवस्थामा छैन । एक मतले पनि हार जित हुने भएकाले पुनःमतदान हुनु पर्ने उहाको भनाइ थियो ।

यसैबीच भरतपुर महानगरपालिकामा मतपत्र च्यात्ने दुई जना माओवादीका कार्यकर्ता धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत चितवनले जेठ १४ गते मध्यरात मतगणना भइरहेका बेला मतपत्र च्यातेको अभियोगका पक्राउ गरेका माओवादी कार्यकर्ता मधु न्यौपाने र द्रोण सिवाकोटीलाई जनही १ लाख धरौटीमा रिहा गरेको हो ।

Check Also

डोटीमा बस दुर्घटना, ‘तीनजनाको मृत्यु, १० घाइते’

कात्तिक २ / खगेन्द्र खरेल डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *