Sunday , 24 September 2017
Home / विदेश / संयुक्त अरब इमिरेट्स (युएई)मा घरेलु कामदार सम्बन्धी नयाँ नियम, पासपोर्ट कामदारले राख्न पाउने

संयुक्त अरब इमिरेट्स (युएई)मा घरेलु कामदार सम्बन्धी नयाँ नियम, पासपोर्ट कामदारले राख्न पाउने

१८ जेठ,२०७४ / खगेन्द्र खरेल
संयुक्त अरब इमिरेट्स युएईमा घरेलु कामदार सम्बन्धी नयाँ नियम पास भएको छ । फेडरल नेशनल काउन्सिल (एफएनसी)ले गएको मंगलबार विधेयक पास गरेको हो ।
विधेयक अनुसार युएईमा घरेलु कामदारले साप्ताहिक र वार्षिक विदा पाउने, मासिक ३० दिनको तलव पाउने छन् । विधेयकले घरेलु कामदारका रुपमा काम गर्ने नेपाली सहित आप्रवासी कामदारको सुरक्षाको विषयलाई बढवा दिएको छ । त्यस्तै, घरेलु कामदारले आफ्ना व्यक्तिगत कागजपत्रहरु पासपोर्ट, परिचय पत्र र काम गर्न पाउने अनुमती पत्र साथमा राख्न पाउने अधिकार सुनिश्चित गरेको छ ।

घरेलु कामदारले दिनमा १२ घण्टा आराम गर्न पाउने, सुरक्षित रुपमा काम गर्ने वातावरण लगायतका विषयलाई प्रथमिकता दिइएको छ । घरेलु काम गर्ने कामदारलाई जात, धर्म, लिङ्ग, रङ, राजनीतिक विचार लगायतका आधारमा विभेद गर्न नपाउने व्यवस्था गरेको छ ।
घरेलु काममा कामदार लानु अघि रोजगारदाता र कामदारबिच गर्नु पर्ने काम लगायतका विषय समेटिएको सम्झौता पत्रमा हस्ताक्षर गर्नु पर्नेछ ।

Check Also

आणविक हतियारको रोकथाम गर्न नेपाल सहमत

  ५ असोज / खगेन्द्र खरेल नेपाल आणविक हतियारको रोकथामसम्बन्धी राष्ट्रसंघीय सन्धिको पक्ष मुलुक भएको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *