Sunday , 22 October 2017
Home / खेलकुद / ICC च्याम्पियन्स ट्रफी क्रिकेटमा साउथ अफ्रिकाद्वारा श्रीलंका पराजित

ICC च्याम्पियन्स ट्रफी क्रिकेटमा साउथ अफ्रिकाद्वारा श्रीलंका पराजित

२० जेठ,२०७४ / खगेन्द्र खरेल
मिनी विश्वकप ICC  च्याम्पियन्स ट्रफी क्रिकेटमा साउथ अफ्रिकाद्वारा श्रीलंका पराजित भएको छ । इंग्ल्यान्डको ओभलमा सम्पन्न खेलमा साउथ अफ्रिकाले श्रीलंकालाई ९६ रनले पराजित गरेको हो। साउथ अफ्रिकाले दिएको तिन सय रनको लक्ष पछ्याएको श्रीलंकाले ४३ ओभर ३ बलमा ऑल आउट हुदै मात्र २ सय ६ रन बनाउन सक्यो । श्रीलंकाको इनिंग ध्वस्त पार्नमा अफ्रिकन बलर इमरान ताहिरले महत्वपुर्ण भूमिका खेले । उनले चार विकेट लिए । श्रीलंकाका लागि उपुल थारंगाले ५७ तथा कुसल परेराले ४४ रनको योगदान दिए ।

यस अघि टस हारेर पहिले ब्याटिंग गरेको साउथ अफ्रिकाले ६ विकेट गुमाएर २ सय ९९ रन बनाएको थियो । उसका लागि ओपनर हासिम अमलाले एक सय ३ तथा डु फ्लेसिसले ७५ रन बनाएका थिए ।

प्रतियोगिता अन्तर्गत भोलि चीर प्रतिद्वन्धि भारत र पाकिस्तान बर्मिङ्घममा भिड्दै छन् ।

Check Also

च्याम्पियन्स लिग फुटबल:रियल मड्रिड बराबरीमा रोकियो, म्यान्चेस्टर सिटी र लिभरपुल विजयी

  कात्तिक १ / खगेन्द्र खरेल युरोपको सर्बाधिक लोकप्रिय प्रतियोगिता च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *