Tuesday , 19 September 2017
Home / देश / उपेन्द्र यादव नेतृत्वको फोरमले देउवा सरकारलाई समर्थन गर्ने,राप्रपाले पनि समर्थन जनायो

उपेन्द्र यादव नेतृत्वको फोरमले देउवा सरकारलाई समर्थन गर्ने,राप्रपाले पनि समर्थन जनायो

२१ जेठ,२०७४ / खगेन्द्र खरेल
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ ।आइतबार बसेको संसदीय दलको बैठकले देउवाको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । देउवा सरकारलाई समर्थन गर्ने निर्णय गरे पनि सरकारमा सहभागी हुने नहुने भन्नेबारे फोरमले निर्णय गरेको छैन ।

संसदमा प्रतिपक्षको बेञ्चमा नबसी सत्ता पक्षको बेञ्चमा बस्ने फोरमको भनाइ छ ।

यसै बीच राप्रपाले पनि देउवाको नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्दै मतदान गर्ने निर्णय गरेको छ । नयाँ बानेश्वरमा आइतबार दिउँसो बसेको राप्रपा संसदीय दलको बैठकले देउवा सरकारलाई समर्थन जनाउने निर्णय गरेको हो ।

उपप्रधानमन्त्री नपाएसम्म सरकारमा नजाने अडानमा रहेका राप्रपा अध्यक्ष कमल थापाले अन्ततः सरकारमा सहभागी हुने निर्णय गराउनु भएको छ । देउवा सरकारलाई समर्थन गर्नेबारे राप्रपामा कुनै विवाद नरहेको र सर्वसम्मत रुपमा देउवा सरकारलाई समर्थन जनाउने निश्कर्ष निकालिएको राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले बताउनु भयो।

कांग्रेस सभापति शेरबहादुर देउवाले लिखत पत्र पठाएर राप्रपालाई सरकारमा रहभागी हुन आग्रह गर्नु भएको थियो । राप्रपाले पनि समर्थन जनाए पछि सरकारको पक्षमा दुइ तिहाइ मत पुग्ने आकलन गरिएको छ ।

 

 

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *