Monday , 25 September 2017
Home / आर्थिक / एनसेलले थप १३ अर्ब ६० करोड लाभकर बुझायो

एनसेलले थप १३ अर्ब ६० करोड लाभकर बुझायो

जेष्ठ २१, २०७४- पूँजीगत लाभकर नतिर्ने अडानमा अडिग रहेको दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल १३ अर्ब ६० करोड रुपैयाँ थप रकम दाखिला गरेको छ ।

ठूला करदाता कार्यालयका अनुसार आईतबार पूँजीगत लाभकरको २५ प्रतिशत मध्येको १५ प्रतिशतभित्रनै रकम थप हुने गरी १३ अर्ब ६० करोड रुपैयाँ बुझाएको हो । यसअघि यही प्रतिशत (२५ को १५) शीर्षकमा ९ अर्ब ९६ करोड ९५ लाख ७१ हजार ५ सय रुपैयाँ बुझाइसकेको छ ।

‘लाभ हुने पक्षबाट अग्रिम कर कट्टा गरी बुझाउनुपर्ने दायित्वअन्तर्गतको १५ प्रतिशत रकम थप बुझाएको हो,’ कार्यालय स्रोतले पुष्टि गर्दै भन्यो, ‘बाँकी १० प्रतिशतको रकम भने नबुझाउने अडानमा कम्पनी छ । तर अब हामी कर निर्धारण चाँडै गर्छौ ।’

आयकर ऐनले विदेशी लगानीकर्तालाई कारोबारमा लाभ भएको रकममा २५ प्रतिशत पूँजीगत लाभकर लाग्ने व्यवस्था छ । २५ मध्ये १५ प्रतिशत रकम दाखिला गरिदिनुपर्ने दायित्व सम्बन्धीत कम्पनीको हो । बाँकी १० प्रतिशत रकम बिक्रेताले कम्पनी टेलियासोनेराले बुझाउनुपर्ने अडानमा एनसेल छ ।

टेलियाने भने नेपालको कानुनले उक्त व्यवस्था स्पष्ट नगरेको भन्दै नतिर्ने जनाएको छ । तर, ५० प्रतिशत भन्दा बढी स्वामित्व हस्तान्तरण भएपछि कर बुझाउने दायित्व सम्बन्धीत कम्पनीकै हुने कर कानुन निर्माणमा संलग्न अधिकारीले बताउँदै आएका छन् । यिनै अधारलाई लिदै एनसेलले कर बुझाउन अटेर गर्दै आएको छ ।

Source:Ekantipur

Check Also

​रियाल, दिनार, दिर्हाम लगायतका विदेशी मुद्रा कमजोर

  २५ भदौ / खगेन्द्र खरेल नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर अनुसार एक ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *