Monday , 25 September 2017
Home / खेलकुद / च्याम्पियन्स लिगको उपाधि रियल म्याड्रिडलाइ,रोनाल्डोको किर्तिमान

च्याम्पियन्स लिगको उपाधि रियल म्याड्रिडलाइ,रोनाल्डोको किर्तिमान

२१ जेठ,२०७४ / खगेन्द्र खरेल
युरोपको सर्बाधिक प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि रियल म्याड्रिडले जितेको छ । कार्डिफमा गएराति भएको फाइनलमा इटालियन लिग बिजेता जुभेन्टसलाई ४–१ ले हराउँदै स्पेनको रियल मड्रिडले उपाधि जितेको हो । खेलमा रियल मड्रिडलाई विजयी गराउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने क्यासेमिरो र मार्को एसेन्सीयोले एक–एक गोल गरे । पराजित टोली जुभेन्टसका लागि मारियो मान्डुकिचले एक गोल फर्काए ।

पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको ३ वटा संस्करणको फाइनलमा गोल गर्ने कीर्तिमान बनाएका छन्। उनले २००८ मा इङलिस क्लब म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिगको उपाधि जित्दा फाइनलमा गोल गरेका थिए। २०१४ मा रियल म्याड्रिडले उपाधि चुम्दा पनि उनले गोल गरेका थिए। उनको च्याम्पियन्स लिगमा गोल संख्या १ सय ५ पुगेको छ।

जितसँगै रियाल मड्रिडले लगातार दुई पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । युरोपकै सर्वाधिक सफल टोली रियाल म्याड्रिडले अहिलेसम्म १२ पटक उपाधि जितेको छ । दोस्रो स्थानमा रहेको एसी मिलानले ७ पटक उपाधि जितेको छ ।

फ्रेन्च प्रशिक्षक जिनेदिन जिदानको प्रशिक्षणमा यो सिजनको स्पेनिस ला लिगा जितेको रियल म्याड्रिडले युरोपियन उपाधि पनि थपेको हो ।

Check Also

भारतसग अस्ट्रेलिया लगातार दोस्रो एक दिवसीयमा पनि पराजित:कुलदिप यादवद्वारा ह्याट्रिक

५ असोज / खगेन्द्र खरेल भारत भ्रमणमा रहेको अस्ट्रेलियाले लगातार दोस्रो एक दिवसीय क्रिकेटमा पनि ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *