Sunday , 24 September 2017
Home / विदेश / बेलायतको लन्डनमा आतंकवादी हमला, छ जाना भन्दा बढीको मृत्यु,दर्जनौ घाइते

बेलायतको लन्डनमा आतंकवादी हमला, छ जाना भन्दा बढीको मृत्यु,दर्जनौ घाइते

२१ जेठ,२०७४ / खगेन्द्र खरेल
बेलायतको लन्डनस्थित चर्चित लन्डन ब्रिजमा आतंककारी आक्रमण भएको छ । एक पछि अर्को गर्दै भएका तिन ओटा घटनामा परि कम्तिमा छ जानाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन् । पहिलो घटनामा स्पिड गाडीले चर्चित लन्डन ब्रिजमा पैदल यात्रीलाई अन्धाधुन्ध ठक्कर दिएको थियो । जसमा ५ देखि छ जानाको ज्यान गएको बताइएको छ ।

त्यस पछि बारो मार्केटमा जो सुकैलाई जथाभाबी छुरा प्रहार गरेको अधिकारीहरुले जनाएका छन् । घटनामा संग्लग्न आतंककारी ३ जानाको तत्काल प्रहरी कारबाहीमा ज्यान गएको बताइएको छ । लन्डन प्रहरीले यो घटनालाई आतंककारी आक्रमण भनेको छ । प्रत्यक्षदर्शीहरुका अनुसार सडक पेटीमा हिँडिरहेका मानिसलाई लक्षित गरी आतंककारीहरुले सेतो रंगको भ्यान गुडाएका थिए ।

घटनाको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी,अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लगायत बिस्वभरका नेताहरुले सो घटनाप्रति दुःख व्यक्त गर्दै बेलायत सरकारलाई आतंकवादविरुद्धको लडाईमा हरसम्भव सहयोग गर्न आफूहरु तयार रहेको जनाएका छन् । (एजेन्सी )

Check Also

आणविक हतियारको रोकथाम गर्न नेपाल सहमत

  ५ असोज / खगेन्द्र खरेल नेपाल आणविक हतियारको रोकथामसम्बन्धी राष्ट्रसंघीय सन्धिको पक्ष मुलुक भएको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *