Tuesday , 19 September 2017
Home / देश / शीर्ष नेताको बैठकपछि संसद बैठक २३ गतेसम्मका लागि स्थगित

शीर्ष नेताको बैठकपछि संसद बैठक २३ गतेसम्मका लागि स्थगित

२१ जेठ,२०७४ / खगेन्द्र खरेल
शीर्ष नेताको बैठकपछि व्यवस्थापिका संसदको बैठक २३ गतेसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षको विशेष आग्रह र शीर्ष नेताहरुको सहमतिमा संसद बैठक २३ गते १ बजे सम्मका लागि स्थगित भएको सभामुख ओनसरी घर्तीले ट्वीटमार्फत जानकारी गराउनु भएको छ ।

भरतपुर महानगरपालिका–१९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा अदालतको आदेश पर्खने र सहज ढंगले प्रक्रिया अगाडि बढाउन दुई दिन सहमतिको प्रयास गर्ने सहमति शीर्ष तहमा भएपछि संसद बैठक स्थगित भएको एमाले उपाध्यक्ष वामदेव गौतमले बताउनुभयो । सभामुखसहित भएको शीर्ष तहको बैठकपछि संसद सचिवालयले विशेष कारण देखाउदै बैठक स्थगितको सूचना निकालेको छ ।

आइतबारको संसद बैठकमा प्रधानमन्त्री निर्वाचनको कार्यसूची थियो । आगामी प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवारी परेको छ । एमालेले भने संसद बाहिरबाट प्रधानमन्त्री निर्वाचनको प्रक्रिया थालिएको भन्दै विरोध जनाएको छ ।

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *