Monday , 25 September 2017
Home / खेलकुद / ICC च्याम्पियन्स ट्रफी क्रिकेटमा भारतद्वारा पाकिस्तान पराजित

ICC च्याम्पियन्स ट्रफी क्रिकेटमा भारतद्वारा पाकिस्तान पराजित

२१ जेठ,२०७४ / खगेन्द्र खरेल
बेलायतमा जारी मिनी विश्वकप ICC च्याम्पियन्स ट्रफी क्रिकेटमा भारतद्वारा उसको चीर प्रतिद्वन्धि पाकिस्तान पराजित भएको छ । केहिबेर अघि बर्मिङ्घममा सम्पन्न बर्षाले प्रभावित खेलमा भारतले डकवर्थ एंड लेविस नियम अनुसार एक सय २४ रनले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिंग गरेको भारतले खेल बर्षाले प्रभावित हुदा दुइ ओभर घटाइए पछि ४८ ओभरमा ३ विकेट गुमाएर ३ सय १९ रन बनाएको थियो । भारतका लागि रोहित शर्माले सर्बाधिक ११९ बलमा ९१ रन बनाउदा बिराट कोहलीले ६८ बलमा ८१ रन नट आउट बनाएका थिए ।  शिखर धवनले ६८ तथा युबराज सिंहले ३२ बलमा ५३ रन बनाएका थिए । ६ बल मात्र खेलेका हार्दिक पांडयाले २० रन बनाए ।

इनिंग ब्रेकमा पुनः पानी परेपछि पाकिस्तानले ४१ ओभरमा २ सय ८९ रन बनाउनु पर्ने लक्ष पाएको थियो । तर पाकिस्तानले ३४ ओभर ४ बलमा अल आउट हुदै मात्र एक सय ६४ रन बनाउन सक्यो । उसका लागि ओपनर अजहर अलिले सर्बाधिक ५० रन बनाउन बाहेक अन्य खेलाडीको खासै योगदान रहेन । भारतीय बलर उमेश यादबले ३ तथा रबिन्द्र जडेजा र हार्दिक पांडयाले समान दुइ दुइ विकेट लिदा भुवनेश्वर कुमारले एक विकेट लिएका थिए । युबराज सिंह म्यान अफ द म्याच बने । प्रतियोगिता अन्तर्गत सोमबार बंगलादेश र अस्ट्रेलियाका बीच खेल द ओभलमा हुनेछ ।

Check Also

भारतसग अस्ट्रेलिया लगातार दोस्रो एक दिवसीयमा पनि पराजित:कुलदिप यादवद्वारा ह्याट्रिक

५ असोज / खगेन्द्र खरेल भारत भ्रमणमा रहेको अस्ट्रेलियाले लगातार दोस्रो एक दिवसीय क्रिकेटमा पनि ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *