Sunday , 22 October 2017
Home / देश / भरतपुरमा पुनः मतदान गर्ने निर्णय आइतबार सम्म कार्यान्वयन नगर्न,सर्वोच्चको आदेश

भरतपुरमा पुनः मतदान गर्ने निर्णय आइतबार सम्म कार्यान्वयन नगर्न,सर्वोच्चको आदेश

२२ जेठ,२०७४ / खगेन्द्र खरेल
सर्वोच्च अदालतले भरतपुर वडा नं. १९ मा पुनः मतदान गर्ने निर्णय २८ गते आइतबार सम्म कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

भरतपुरमा पुनः मतदान गर्ने निर्णय खारेजको माग गर्दै प्रारम्भीक सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले २८ गते दुबै पक्षलाई झिकाएर अन्तरिम आदेश दिने कि नदिने भन्ने छलफल गर्ने भनेको छ । त्यसबेलासम्म हालको प्रकियालार्इ यथास्थितिमा राख्न निर्देशन दिएको छ ।

रिट निवेदकको पक्षबाट बरिष्ठ अधिवक्ता तथा नेपाल बार एशोसियनका पूर्व अध्यक्ष शम्भु थापा, पूर्वउपाध्यक्ष टीकाराम भट्टराई, गोविन्द बन्दी लगायतले बहस गरे । भरतपुर महानगरपालिका वडा नम्बर १९ को मचपत्र बदर गर्ने र पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध वडा सदस्य उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले आइतबार रिट दायर गरेका थिए ।

Check Also

डोटीमा बस दुर्घटना, ‘तीनजनाको मृत्यु, १० घाइते’

कात्तिक २ / खगेन्द्र खरेल डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *