Monday , 25 September 2017
Home / देश / शिर्ष नेताहरुमा सहमति,ब्याबस्थापिका संसदको अवरोध खुल्ने,भोलि प्रधानमन्त्री चयन हुदै

शिर्ष नेताहरुमा सहमति,ब्याबस्थापिका संसदको अवरोध खुल्ने,भोलि प्रधानमन्त्री चयन हुदै

२२ जेठ २०७४ / खगेन्द्र खरेल
विभिन्न बाहानामा व्यवस्थापिका संसद अवरुद्ध गरिरहेको नेकपा एमालेले निःशर्त संसदको अवरोध फिर्ता लिएको छ । साथै एमाले प्रधानमन्त्रीको निर्वाचन प्रक्रियामा सहभागी हुन सहमत भएको छ । प्रमुख प्रतिपक्षी दल एमाले आफ्नो अडानबाट पछि हटेपछि मंगलबार (भोलि) संसदले नयाँ प्रधानमन्त्री चयन गर्ने बाटो खुलेको छ ।

संसदको अवरोध हटाउने विषयमा सोमबार अपरान्ह सभामुखको पहलमा तीन दलका शीर्ष नेताहरुको बैठक बसेको थियो । सो बैठकमा चार बुँदे सहमति भएपछि एमाले नेताहरु संसद सुचारु गर्न सहमत भएका हुन् ।

बैठकमा स्थानीय तहको दोस्रो चरणको निर्वाचन सरकारले तोकेकै असार १४ गते निष्पक्ष, स्वतन्त्र, भयरहित वातावरणमा शान्तिपूर्ण रुपले सम्पन्न गर्ने, आगामी माघ ७ गतेभन्दा अगाडि नै प्रदेश सभा र संघीय संसदको निर्वाचन सम्पन्न गर्ने, निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न दलहरुले सबैमा अपील गर्ने, पहिलो चरणको स्थानीय तह निर्वाचनबारे छानविन गर्न गठित संसदीय छानविन समितिको प्रतिवेदनका आधारमा निर्वाचनलाई थप मर्यादित बनाउने र संसदमा जारी गतिरोध अन्त्य गर्ने सहमति भएको हो ।

सभामुखको रोहबरमा बसेको सोमबारको बैठकमा कांग्रेस नेता शेरबहादुर देउवा, रामचन्द्र पौडेल, एमाले नेता केपी ओली, सुवास नेम्वाङ, माओवादी नेता प्रचण्ड, नारायणकाजी श्रेष्ठ लगायतको उपस्थिति थियो ।

तीन दलवीच भएको सहमति अनुसार मंगलबार संसद बैठक सुचारु हुनेछ । बैठक प्रारम्भ भएपछि तीन दलका शीर्ष नेताहरुले व्यवस्थापिका संसदलाई सम्वोधन गर्नेछन् । त्यसपछि, प्रधानमन्त्री निर्वाचनको प्रक्रिया सुरु हुनेछ ।

सहमति भएको जानकारी प्रधानमन्त्री उम्मेदवार तथा कांग्रेस सभापति शेर बाहादुर देउवाले आफ्नो फेस बुक पेजमा समेत दिनु भएको छ

Check Also

नवरात्रको चौथो दिन आज कुष्माण्डा माताको पूजा आराधना गरिंदै

८ असोज / खगेन्द्र खरेल नवरात्रको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *