Thursday , 19 October 2017
Home / खेलकुद / भारतसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल २–० ले पराजित

भारतसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल २–० ले पराजित

२३ जेठ,२०७४ / खगेन्द्र खरेल
भारतसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित भएको छ । मुम्बईको अँधेरी स्पोर्टस् कम्प्लेक्समा मंगलबार भएको खेलमा नेपाल २–० ले पराजित भएको हो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले मध्यान्तरपछि २ गोल खाएको हो । नेपालले ६०औं मिनेटमा पहिलो तथा ७८औं मिनेटमा दोस्रो गोल खाएको हो । खेलको ६८औं मिनेटमा भारतीय खेलाडीलाई ‘फाउल’ गरेका कप्तान विराज महर्जनले रातोकार्ड खाँदै बाहिरिनुपरेको थियो ।

नेपालका लागि मध्यान्तरअघि नवयुग श्रेष्ठले गोल गर्ने सुन्दर अवसर खेरफालेका थिए । एसिया कप छनोट फुटबलअन्तर्गत् यही जेठ ३० गते काठमाडौंमा हुने यमनविरुद्वको खेलको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलेको हो । भारत पनि एसिया कपको तयारीमा रहेको छ ।

Check Also

च्याम्पियन्स लिग फुटबल:रियल मड्रिड बराबरीमा रोकियो, म्यान्चेस्टर सिटी र लिभरपुल विजयी

  कात्तिक १ / खगेन्द्र खरेल युरोपको सर्बाधिक लोकप्रिय प्रतियोगिता च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *