Tuesday , 19 September 2017
Home / देश / संघीय समाजबादी फोरम र राजपासँग सत्तारुढ दलको तीनबुँदे सहमति, विषय एउटै, हस्ताक्षर छुट्टै

संघीय समाजबादी फोरम र राजपासँग सत्तारुढ दलको तीनबुँदे सहमति, विषय एउटै, हस्ताक्षर छुट्टै

२३ जेठ,२०७४ / खगेन्द्र खरेल
सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीसँग तीनबुँदे सहमति गरेका छन् । कांग्रेस र माओवादीले राजपा र फोरम नेपालसँग गरेको सहमतिको विषय र बुँदा एउटै छन् । तर, छुट्टा छुट्टा सम्झौतापत्र बनाएर हस्ताक्षर गरिएको छ ।

सहमतिको पहिलो बुँदामा प्रचण्ड सरकार गठनका क्रममा भएको सहमति कार्यान्वयन गर्ने प्रतिवद्धता जनाइएको छ । दोस्रो बुँदामा सहिद घोषणा, मुद्दा फिर्ता लगायतका प्रतिवद्धता कार्यान्वयन गर्ने र स्थानीय तहको संख्या राजनीतिक सहमतिका आधारमा बृद्धि गर्ने सैद्धान्तिक सहमति भएको छ ।

साथै प्रधानमन्त्री निर्वाचनमा कांग्रेस उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गर्ने सहमति भएको छ । सहमतिमा कांग्रेसका तर्फबाट शेरबहादुर देउवा र माओवादीका अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेका छन् ।

 

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *