Sunday , 24 September 2017
Home / देश / LIVE: संसदको दोस्रो बैठक सुरु, देउवा प्रधानमन्त्री बन्दै

LIVE: संसदको दोस्रो बैठक सुरु, देउवा प्रधानमन्त्री बन्दै

 

२३ जेठ, काठमाडौं । नयाँ प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदको बैठक सुरु भएको छ ।

हिले प्रधानमन्त्रीका उम्मेदवार शेरबहादुर देउवाले आफ्नो धारणा राखिरहेका छन् । उनी प्रधानमन्त्रीका एक्ला उम्मेदवार हुन् र देउवाको पक्षमा झण्डै दुई तिहाई मत देखिएको छ ।

तर, संसद नियमावली अनुसार एक मात्र उम्मेदवार भएपनि निर्विरोध घोषणा गर्न मिल्दैन । त्यसैले देउवाका प्रस्तावक, समर्थकले बोल्ने र देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश हुनेछ ।

प्रधानमन्त्रीमा निर्वाचित हुने कुल सदस्य संख्या ५९३ को बहुमत अर्थात २९७ मत प्राप्त हुनुपर्छ ।

कांग्रेस सभापति देउवाको पक्षमा झण्डै दुई तिहाई समर्थन देखिएको छ । देउवा सभापति रहेको कांग्रेसका २०६ सांसद छन् भने माओवादी केन्द्रका ८१, राप्रपाका ३७, फोरम लोकतान्त्रिकका १६ र फोरम नेपालका १५ सांसद छन् । यस्तै २४ सांसद रहेको राष्ट्रिय जनता पार्टीले पनि देउवालाई समर्थन गरेको छ ।

तीन सांसद भएको नेकपा संयुक्त, एक-एक सांसद भएका अखण्ड नेपाल र समाजवादी जनता दल देउवाको उम्मेदवारीमा समर्थक नै बसेका छन् ।

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *