Monday , 25 September 2017
Home / देश / नवनिर्वाचित प्रधानमन्त्री देउवाद्वारा सपथ ग्रहण,तिन उप प्रधानमन्त्री नियुक्त,अर्थमा ज्ञानेंद्र कार्की

नवनिर्वाचित प्रधानमन्त्री देउवाद्वारा सपथ ग्रहण,तिन उप प्रधानमन्त्री नियुक्त,अर्थमा ज्ञानेंद्र कार्की

२४ जेठ,२०७४ / खगेन्द्र खरेल
नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको सपथ लिनु भएको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा देउवाले राष्ट्रपति विद्या भण्डारीसामू पद तथा गोपनियताको सपथ लिनु भएको हो । सपथपछि निवर्तमान प्रधानमन्त्री प्रचण्ड र नवनिर्वाचित प्रधानमन्त्री देउवाले कुर्सी साटासाट गरेका छन् ।

सग सगै नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले तीन उपप्रधानमन्त्री र चार मन्त्री नियुक्त गर्नु भएको छ । अर्थमन्त्रीमा भने ज्ञानेन्द्रबहादुर कार्की नियुक्त हुनु भएको छ ।

उपप्रधानमन्त्रीमा विजयकुमार गच्छदार, कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठ छन् । गच्छदारले स्थानीय विकास, महराले परराष्ट्र र श्रेष्ठले शिक्षा मन्त्रालयम सम्हाल्नेछन् ।

यस्तै कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री बन्नु भएको छ । अर्थमा महेश अचार्यलाई लैजाने चर्चा पनि थियो । तर, अन्तिममा देउवा समूहका कार्की अर्थमन्त्री बन्नु भएको छ । कांग्रेसबाटै फर्मुल्लाह मन्सुर श्रममन्त्री बन्नु भयो भने माओवादीबाट जर्नादन शर्मा गृहमन्त्री र प्रभु शाह विना विभागीय मन्त्री बनेका छन् ।

Check Also

नवरात्रको चौथो दिन आज कुष्माण्डा माताको पूजा आराधना गरिंदै

८ असोज / खगेन्द्र खरेल नवरात्रको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *