Tuesday , 19 September 2017
Home / खेलकुद / च्याम्पियन्स ट्रफी क्रिकेटमा श्रीलंकाद्वारा भारत पराजित

च्याम्पियन्स ट्रफी क्रिकेटमा श्रीलंकाद्वारा भारत पराजित

२६ जेठ,२०७४ / खगेन्द्र खरेल
इंग्ल्यान्डमा जारी च्याम्पियन्स ट्रफी क्रिकेटमा श्रीलंकाद्वारा भारत पराजित भएको छ । ओभलमा बिहिबार सम्पन्न खेलमा श्रीलंकाले ७ विकेटले हराएको हो । प्रतियोगिताको आठौ खेलमा श्रीलंकाले ३ सय २२ रनको लक्ष मात्र ३ विकेट गुमाएर आठ बल बाँकी छदै भेट्टाएको हो ।

श्रीलंकाको जितमा कुसल मेनडिसले सर्बाधिक ८९ ताथा धनुषा गुनाथिकाले ७६ रन बनाएका थिए । दुवै रन आउट भएर बाहिरिएका थिए ।दुबैले दोस्रो विकेटका लागि एक सय ५९ रनको साझेदारी गरेपछि जितको आधार बनेको थियो । कप्तान अन्जेलो म्याथ्युसले ५२ रन बनाएपछि श्रीलंकाले सहज जित आत्मासाथ गरेको हो । श्रीलंकाले एक दिवसीय क्रिकेटमा लक्ष पिछा गर्दै जित हात पारेको यो नै सबै भन्दा ठुलो लक्ष हो ।

यस अघि टस हारेर पहिले ब्याटिंग गरेको भारतले निर्धारित ओभरमा ६ विकेट गुमाएर ३ सय २१ रन बनाएको थियो । शिखर धवनले एक सय २५ ताथा रोहित शर्माले ७८ रन बनाउदा एम स धोनीले ६३ रन बनाए । अन्य खेलाडीको प्रदर्सन बिर्सन लायक रह्यो । कप्तान कोहली सुन्यमा आउट भए । युबराज सिंहले मात्र ७ रनको योगदान दिन सके ।

अब भारतले सेमी फाइनलमा पुग्न ११ जुनको दिन हुने खेलमा दक्षिण अफ्रिकालाई हराउनै पर्ने हुन्छ दुवै टिम को लागि सो खेल गर वा मरको स्थितिको हुनेछ ।

Check Also

म्यानचेस्टर सिटी प्रिमियर लिगको शिर्ष स्थानमा उक्लियो, लिभरपुल र बर्नले बराबरीमा

१ असोज / खगेन्द्र खरेल इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार भएको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *