Sunday , 22 October 2017
Home / विदेश / बेलायतमा आमनिर्वाचन,मतदान जारी

बेलायतमा आमनिर्वाचन,मतदान जारी

२५ जेठ,२०७४ / खगेन्द्र खरेल
बेलायतमा आज आमनिर्वाचन हुँदैछ । सो निर्वाचनका लागि मतदान भैरहेको समाचारमा जनाइएको छ । केही समययतादेखि बेलायतमा आतङ्ककारी हमलाको त्रास बढ्दो छ । त्यसैले यस निर्वाचनका विषयमा पनि सुरक्षाका विषयलाई लिएर विभिन्न प्रश्न जन्मिएका थिए ।

तर यस निर्वाचनका लागि मतदान सुरु भएको समाचारमा जनाइएको छ । केही समयअघि देखि मतदान सुरु भएको र शान्तिपूर्ण रुपमा जारी रहेको लन्डनबाट प्राप्त समाचारमा जनाइएको छ ।

सुरक्षा व्यवस्थालाई निकै नै कडा पारिएको छ । निर्वाचनमा मुलतः बेलायती प्रधानमन्त्री टेरेसा मे र लेबर पार्टीका नेता जेर्मी कोरबिनको बीचमा प्रतिश्पर्धा हुने देखिएको छ । यसअघिको अवस्था हेर्दा प्रधानमन्त्री थेरेसा मेको पक्षमा जनमत बढी भएको जस्तो देखिन्थ्यो । तर पनि पछिल्लो समयमा भने लेबर पार्टीका नेता जेर्मी कर्बिनका पक्षमा पनि ठूलो जनमत देखिएको बताइन्छ । रासस

Check Also

नेपाल र जोर्डनबीच श्रम सम्झौता

कात्तिक १ / खगेन्द्र खरेल नेपाल र जोर्डनवीच बुधबार श्रम श्रम्झौता भएको छ । श्रम ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *