Tuesday , 19 September 2017
Home / देश / निर्वाचनपछि मात्रै संविधान संसोधन हुने देउवाको भनाइ

निर्वाचनपछि मात्रै संविधान संसोधन हुने देउवाको भनाइ

२६ जेठ,२०७४ / खगेन्द्र खरेल
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनअघि संविधान संसोधन सम्भव नभएको बताउनु भएको छ । शुक्रबार संसद बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले निर्वाचनपछि मात्र संविधान संसोधन हुने बताउनु भएको हो ।

संविधानको स्वीकार्यता बनाउन संसोधन आवश्यक भएको भन्दै विपक्षी दलको पनि यसमा साथ चाहिने उहाले उल्लेख गर्नु भयो ।

‘संविधानको सर्ब स्वीकार्यता बनाउनु पर्ने तथा सबैले अपनत्व गर्ने गरि संसोधन गर्ने तर यसको लागि विपक्षी दलको साथ चाहिने उहाले बताउनु भयो । संसद बैठकमा मधेशवादी दल राजपाका नेताहरुले आफ्ना माग पूरा नगरे निर्वाचनमा भाग नलिने चेतावनी दिएका थिए ।

सीमाङ्कन लगायतका संसोधन सम्बन्धी विधेयक संसदमा विचाराधीन छ। त्यो निर्वाचनपछि पास हुने भन्दै देउवाले राजपालाई विश्वास दिलाउदै  उनीहरुलाई निर्वाचनमा आउन आग्रह गर्नुभयो ।

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *