Thursday , 19 October 2017
Home / खेलकुद / च्याम्पियन्स ट्रफी क्रिकेटमा भारत द्वारा दक्षिण अफ्रिका पराजित,भारत सेमी फाइनलमा पुग्यो,साउथ अफ्रिका बाहिरियो

च्याम्पियन्स ट्रफी क्रिकेटमा भारत द्वारा दक्षिण अफ्रिका पराजित,भारत सेमी फाइनलमा पुग्यो,साउथ अफ्रिका बाहिरियो

२८ जेठ,२०७४/खगेन्द्र खरेल
ICC च्याम्पियन्स ट्रफी क्रिकेटमा भारत द्वारा दक्षिण अफ्रिका आठ विकेटले पराजित भएको छ । जित सगै भारत प्रतियोगिताको सेमी फाइनलमा पुगेको छ भने दक्षिण अफ्रिका बाहिरिएको छ । सेमी फाइनलमा भारतले ग्रुप ए को उपविजेता बंगलादेश सग खेल्नेछ । ओभलमा टस जितेर दक्षिण अफ्रिकालाइ पहिला ब्याटिंग गर्न निम्ता दिएको भारतले आफ्नो निर्णयलाई सहि साबित गर्दै अफ्रिकालाई मात्र एक सय ९१ रनमा सिमित गर्न सफल भएको थियो ।

उसका लागि डिककले सर्बाधिक ५३ रन बनाए भने हासिम अमलाले ३५ तथा डु फ्लेसिसले ३६ रन बनाए । भारतीय बलर भुवनेश्वर कुमार र जस्प्रित बुम्रहाले समान दुइ दुइ वेकेट लिदा अस्विन,पांडया र जडेजाले एक एक विकेट लिए । तिन खेलाडी रन आउट भए ।

एक सय ९२ रनको लक्ष भारतले १२ ओभरको खेल बाँकी छदा मात्र दुइ विकेट गुमाएर भेट्टाएको हो । शिखर धवनले ७८ तथा बिराट कोहलीले ७६ रन बनाए ।
ग्रुप बि बाट अब पाकिस्तान र श्रीलंका मध्ये अर्को एक टिम अन्तिम चारमा पुग्ने छ ।

Check Also

च्याम्पियन्स लिग फुटबल:रियल मड्रिड बराबरीमा रोकियो, म्यान्चेस्टर सिटी र लिभरपुल विजयी

  कात्तिक १ / खगेन्द्र खरेल युरोपको सर्बाधिक लोकप्रिय प्रतियोगिता च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *