Monday , 23 October 2017
Home / भिडियो / बेलायत पुगेर टेरिया मगरले देखाइन यस्तो दमदार डान्स हेर्नुहोस >>>{भिडियो सहित}

बेलायत पुगेर टेरिया मगरले देखाइन यस्तो दमदार डान्स हेर्नुहोस >>>{भिडियो सहित}

दोस्रोपटक बेलायत आएकी डान्स इन्डिया डान्स र झलक दिखलाजाकी विजेता नेपाली चेली टेरिया मगरले सारा नेपालीको साथ सहयोग र अथाह माया पाउन सफल भाइन । हजारौं सहभागी मगर संघ यूकेको ओपन कन्सर्टमा टेरियाले नेपाली, हिन्दी गीतमा एकल र सामूहिक नृत्य देखाएर दर्शक मन जितिन् ।

फार्नबोरोस्थित ओपन कन्सर्टमा उनलाई यूकेका स्थानीय कलाकारहरुले पनि साथ दिए ।

उक्त कन्सर्टमा नेपालबाट आएका कलाकारहरु जमुना राना, गगन पुन, जानकी ताराकीमगर र राजु ढकालले एकल तथा सामूहिक गीत गाएर दर्शकहरुलाई मनोरञ्जन दिलाए । बेलायतमै रहेका कलाकारहरु मधुसुदन थापामगर, सञ्जय लाफामगर र क्याप्टेन वीरबहादुर थापामगरले पनि गाएका थिए ।

बेलायतमा मगर संघ यूकेले वर्षेनी खुल्ला मैदानमा कन्सर्ट गर्दै आएको छ ।

कार्यक्रमपछि सञ्चारकर्मीसँग बोल्दै तेरियाले नेपाली दर्शकको माया र आयोजकप्रति आभार व्यक्त गरिन् । नृत्य प्रशिक्षणमा व्यस्त तेरिया भविष्यमा पनि नेपाल र नेपालीलाई गर्व हुने काम गर्ने बताउँछिन् ।

पहिलोपटक यूके आउँदा जाडो मौसमले त्यति घुम्न नपाएकी तेरिया यसपाली घुमघाम, भेटघाट र सपिङमा व्यस्त छिन् । तेरियाले बुद्ध वृद्धाश्रम च्यारिटीमा समेत आफ्नो कला देखाइन्

Check Also

केपी ओलीको सपना पुरा गर्दै धुर्मुस, यसरी साथ दिदै छन् ओलीलाई धुर्मुस सुन्तलीले (भिडियो सहित)

Dhurmus Suntali Foundation has announced an ambitious project, “Namuna Nepal”, after successfully building three model ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *