Tuesday , 19 September 2017
Home / Uncategorized / इजरायलमा आदिकवी भानुभक्त आचार्यको २०४ औं जन्म जयन्ति भब्य रुपमा मनाइने

इजरायलमा आदिकवी भानुभक्त आचार्यको २०४ औं जन्म जयन्ति भब्य रुपमा मनाइने

२९ जेठ,२०७४

इजरायलमा आदिकवी भानुभक्त आचार्यको २०४ औं जन्म जयन्ति भब्य रुपमा मनाइने भएको छ । विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाको आयोजनामा कार्यक्रम हुने भएको हो ।

हरेक बर्ष झैँ यो बर्ष पनि नेपाली भाषा साहित्यको जगेर्ना र उजागर गर्ने हेतुले इजरायलमा राष्ट्रिय विभूति नेपाली भाषाका आदिकवी भानुभक्त आचार्यको २०४ औं जन्म जयन्ति तथा तेस्रो रचना वाचन आउदो जूलाई महिनाको १४ तारिख कार्यक्रम तय भएको आयोजकले बताएका छन् ।

कार्यक्रममा बिभिदता ल्याउने उद्देश्यले बिशेष साहित्यिक कार्यक्रम,रचना वाचन सहित भानु भक्त जन्म जयन्ती सभ्य र भव्यता पुर्वक मनाउन गइरहेको हुदा आयोजकद्वारा इजरायलमा कार्यरत इच्छुक साहित्य अनुरागी साहित्यकार मित्रहरुले आफ्नो सिर्जना वाचन गर्नको लागि यहि जुलाई १० तारिख भित्र आफ्नो नाम टिपाएर सहयोग गरिदिन हुन अनुरोध गरिएको छ

साथै शनिबार दिउसो हाइफा वोटिंग भ्रमण पनि राखिएकोले इजरायलमा रहनुहुने सम्पूर्ण महानुभावहरुमा गरिमामय उपस्थितिको लागी विश्व नेपाली साहित्य महासंघ शाखा इजरायलका महासचिव अम्बिका याम्फु “अनमोल”ले जानकारी दिनु भएको छ ।

Check Also

लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको दुई वर्ष पूरा

  ३ असोज / खगेन्द्र खरेल संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको दुई वर्ष ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *