Monday , 25 September 2017
Home / देश / निर्वाचनको मिति अब कुनै हालतमा सार्न नसकिने प्रमुख आयुक्त यादवको भनाइ

निर्वाचनको मिति अब कुनै हालतमा सार्न नसकिने प्रमुख आयुक्त यादवको भनाइ

Chief election Commissioner (CEC) Aayodhi Prasad Yadav Photo: Dinesh Gole/Nagarik/Republica

२९ जेठ २०७४ / खगेन्द्र खरेल
प्रमुुख निर्वाचन आयुुक्त डा. अयोधीप्रसाद यादवले असार १४ गतेका लागि घोषित स्थानीय तहको निर्वाचन कुनैपनि हालतमा सार्न नसकिने बताउनु भएको छ ।
आज विराटनगरमा सन्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचन आयोगको पनि निश्चित सीमा हुने भन्दै घोषित मिति परिवर्तन गर्न नसकिने बताउनु भएको हो ।

उहाले सम्पूर्ण तयारी पूरा भइसकेकाले निर्वाचन हुनेमा ढुक्क रहन आग्रह समेत गर्नुभयो ।

सबैलाई निर्वाचनमा सहभागी हुुने वातावरण बनाउन दलहरुकै सहमतिमा निर्वाचन आयोगले निर्वाचन सम्बन्धी ऐन–कानुुन संशोधन गरिसकेको र मिति समेत पर सार्दै गएकाले अब पुनः मिति सार्ने कुुरा मान्य नहुने उहाले जनाउनु भयो ।

Check Also

नवरात्रको चौथो दिन आज कुष्माण्डा माताको पूजा आराधना गरिंदै

८ असोज / खगेन्द्र खरेल नवरात्रको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *