Monday , 25 September 2017
Home / देश / आइ एल ओ (ILO) सञ्चालक समितिको सहायक सदस्यमा नेपाल निर्वाचित

आइ एल ओ (ILO) सञ्चालक समितिको सहायक सदस्यमा नेपाल निर्वाचित

३० जेठ,२०७४ / खगेन्द्र खरेल
अन्तरार्ष्ट्रिय श्रम सङ्गठन (आइएलओ) सञ्चालक समिति ‘गभर्निङ बडी’को सहायक सदस्यमा नेपाल निर्वाचित भएको छ। आइएलओ अन्तर्गत मध्यएसियाको उपक्षेत्रीय समूहमा दुई देश मात्रै निर्वाचित हुन पाउने प्रावधान रहेकामा तीन देशको उम्मेदवारी परेपछि निर्वाचन भएको थियो।

स्वीट्जरल्यान्डको जेनेभामा जारी आइएलओ १०६ औँ अन्तर्राष्ट्रिय श्रमिक सम्मेलनमा सदस्यका लागि नेपालसहित बङ्गलादेश र पाकिस्तानले उम्मेदवारी दिएका थिए। बङ्गलादेश र नेपाल विजयी भएको तथा पाकिस्तान पराजय भएको हो ।

नेपालसहित भारत, इरान, बङ्गलादेश, पाकिस्तान, माल्दिभ्स, अफगानिस्तान र श्रीलङ्का मध्य एसियाको उपक्षेत्रीय समूहमा छन्। समितिको सहायक सदस्यमा ६६ सदस्य हुने प्रावधान छ। जसमा सरकारीतर्फबाट २८ देश तथा निजी क्षेत्रतर्फ रोजगारदाता र कामदारबाट १९–१९ जना सदस्य रहने व्यवस्था छ।

नेपाल सन् १९६६ देखि आइएलओको सदस्य भए पनि हालसम्म आइएलओेको कुनै पदमा सरकारीतर्फबाट सदस्य बनेको थिएन। निजी क्षेत्रतर्फ भने नेपालका विभिन्न ट्रेड युनियनका नेता कामदारको प्रतिनिधित्व गर्दै तीन पटक सहायक सदस्य बनिसकेका छन्। रासस

Check Also

नवरात्रको चौथो दिन आज कुष्माण्डा माताको पूजा आराधना गरिंदै

८ असोज / खगेन्द्र खरेल नवरात्रको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *