Tuesday , 19 September 2017
Home / खेलकुद / आयोजक इंग्ल्याण्डलाइ हराउदै पाकिस्तान च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा प्रवेश

आयोजक इंग्ल्याण्डलाइ हराउदै पाकिस्तान च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा प्रवेश

३१ जेठ २०७४ / खगेन्द्र खरेल
पाकिस्तान आयोजक इंग्ल्याण्डलाइ हराउदै ICC  च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । कार्डिफमा टस जितेर बलिङ्ग रोजेको पाकिस्तानले इंग्ल्याण्डलाइ मात्र २ सय ११ रनमा समेटेपछि पाएको २ सय १२ रनको लक्ष १२ ओभर ५ बाको खेल बाँकी छदा मात्र दुइ विकेट गुमाएर भेट्टाएपछि पाक ८ विकेटले बिजयी भएको हो ।

पाकिस्तानको जितमा उसका दुवै ओपनरको भूमिका महत्वपुर्ण रहयो । अजहर अलिले ७६ तथा फाखर जमानले ५७ रन बनाए । बाबर अजाम ३८ तथा मोहम्मद हफिज ३१ रनमा अभिजित रहे ।

यस अघि पहिले ब्याटिंग गरेको इंग्ल्याण्डका तर्फबाट कुनै पनि खेलाडीले अर्ध सतक समेत बनाउन सकेनन । जोए रुट्ले सर्बाधिक ४६ रन बनाए । पाकिस्तानका हसन अलिले ३ विकेट लिएका थिए ।

पाकिस्तानले अब फाइनलमा भोलि हुने सेमी फाइनलमा बंगलादेश र भारत बिचको बिजेता सग उपाधिको लागि खेल्नेछ ।

Check Also

म्यानचेस्टर सिटी प्रिमियर लिगको शिर्ष स्थानमा उक्लियो, लिभरपुल र बर्नले बराबरीमा

१ असोज / खगेन्द्र खरेल इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार भएको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *