Tuesday , 17 October 2017
Home / देश / दैलेखको राकम कर्णालीमा बस दुर्घटना, १० जनाको मृत्यु

दैलेखको राकम कर्णालीमा बस दुर्घटना, १० जनाको मृत्यु

३१ जेठ २०७४ / खगेन्द्र खरेल
कालिकाटेबाट महेन्द्रनगरका लागि छुटेको बस दैलेखको राकम कर्णालीमा दुर्घटना भएको छ । ना ४ ख २९९८ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । बस करिब २/३ सय मिटर तल खसेको दैलेखका प्रहरी निरीक्षक एकेन्द्र खड्काले जानकारी दिनुभयो।

दुर्घटनामा १८ जना घाइते भएका छन् । घाइतेहरुको दैलेखमै उपचार भइरहेको र थप उपचारका लागि काठमाडौं लैजान हेलिकोप्टर मगाइएको खड्काले बताउनुभयो ।

दुर्घटनमा मृत्यु हुनेहरुको खनाखत भएको छैन । क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभएको छ ।

Check Also

कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता भएरै छाड्यो (सहमति पत्रसहित)

  असोज ३० / खगेन्द्र खरेल नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *