Sunday , 22 October 2017
Home / विदेश / लण्डनको २४ तले भवनमा आगलागी

लण्डनको २४ तले भवनमा आगलागी

३१ जेठ २०७४ / खगेन्द्र खरेल
लण्डनको २४ तले भवनमा आगलागी भएको छ । पश्चिम लण्डनको लाटिमर रोडस्थित टावर ब्लकमा आगो लागेको हो । आगो अहिले पनि नियन्त्रणमा आइसकेको छैन । भवनका सबै तलामा आगो फैलिएको दृष्य टेलिभिजन च्यानलहरुले प्रसारण गरेका छन् ।

लण्डन फायर बि्रगेडका अनुसार आगो निभाउन २ सय दमकल प्रयोग गरिएको छ । मानवीय क्षतिको विवरण आएको छैन । तर, स्थानीय प्रहरीका अनुसार मानिसहरुलाई सुरक्षित रुपमा बाहिर निकालिएको छ ।

प्रत्यक्षदर्शीहरुका अनुसार सुरुमा भवनको सबैभन्दा माथिल्लो तलामा चम्किलो प्रकाश देखिएको थियो । सुरुमा यसलाई टर्च लाइटको उज्यालो ठानिएको थियो तर हेर्दाहेर्दै भवनमा आगो फैलियो । र अहिले पुरै भवनमा आगो फैलिएको अन्तराष्ट्रिय टेलिभिजन च्यानल हरुले प्रत्यक्ष प्रसारण देखाइरहेका छन् ।

Check Also

नेपाल र जोर्डनबीच श्रम सम्झौता

कात्तिक १ / खगेन्द्र खरेल नेपाल र जोर्डनवीच बुधबार श्रम श्रम्झौता भएको छ । श्रम ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *