Sunday , 24 September 2017
Home / देश / विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट भीम पराजुली उम्मेदवार

विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट भीम पराजुली उम्मेदवार

३१ जेठ २०७४ / खगेन्द्र खरेल
विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले भीम पराजुलीलाइ उम्मेदवार बनाएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले विराटनगर नगर समितिका सभापति पराजुलीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

विराटनगर महानगरमा पराजुलीसहित सांसद अमृत अर्याल र नेतृ डिला संग्रौला दाबेदार थिए । एमालेले यसअघि नै विनोद ढकाललाई महानगरको मेयर उम्मेदवार बनाएको छ । पराजुली विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका पूर्वस्ववियु सभापति हुन् ।

कांग्रेसले विराटनगरसँगै तीन वटा प्रदेशको उम्मेदवारको टुंगो लगाएको छ ।

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *