Monday , 25 September 2017
Home / देश / चुनाव सार्ने प्रस्ताब निर्वाचन आयोगलाइ अमान्य, मिति सारे ‘दुर्घटना’ हुने चेतावनी

चुनाव सार्ने प्रस्ताब निर्वाचन आयोगलाइ अमान्य, मिति सारे ‘दुर्घटना’ हुने चेतावनी

Chief election Commissioner (CEC) Aayodhi Prasad Yadav Photo: Dinesh Gole/Nagarik/Republica

१ असार,२०७४ / खगेन्द्र खरेल
निर्वाचन आयोगले तराई मधेसका केही जिल्लामा चुनाव सार्ने सरकारको प्रस्ताव अस्वीकार गरेको छ । उसले अब चुनाव सारे ‘पोलिटिकल इलेक्ट्रोरल डिजास्टर’ हुने चेतावनी दिएको छ ।

राष्ट्रिय जनता पार्टीसँग वार्ता अघि सत्तारुढ दलका शीर्ष नेताहरुले निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरेका थिए । सरकारले तराई मधेसका केही जिल्लामा चुनाव सारेर भएपनि उसलाई सहभागी गराउन चाहेको छ । तर, निर्वाचन आयोगका पदाधिकारीहरुले अब चुनाव सार्न नसकिने बताएको छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आफूहरुले चुनावी तयारीबारे जानकारी गराएको बताउनुभयो । चुनाव जहिले पनि चुनौतीपूर्ण हुने भन्दै उहाले गृह मन्त्रालयले सुरक्षा व्यवस्था मिलाउँछु भनेकाले कुनै समस्या नहुने बताउनु भयो ।

सत्तारुढ दलका शीर्ष नेताहरुसँग बिहीबार सिंहदरबारमा भएको छलफलमा आयोगका पदाधिकारीहरुले असार १४ गतेको निर्वाचनका लागि सम्पूर्ण तयारी अवस्थामा रहेकोले निर्वाचन सार्नु नहुनेमा जोड दिएका हुन् ।

बिहीबार सिंहदरबारमा प्रमुख दल कांग्रेस, एमाले, माओवादी र राजपाबीच बैठक बस्दैछ । शुक्रबार बेलुकीको बैठक बिनानिष्कर्ष टुंगिएको थियो ।

Check Also

नवरात्रको चौथो दिन आज कुष्माण्डा माताको पूजा आराधना गरिंदै

८ असोज / खगेन्द्र खरेल नवरात्रको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *