Tuesday , 19 September 2017
Home / खेलकुद / बंगलादेशलाई ९ विकेटले हराउदै भारत च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा, उपाधिका लागि आइतबार पाकिस्तान सग भिड्ने

बंगलादेशलाई ९ विकेटले हराउदै भारत च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा, उपाधिका लागि आइतबार पाकिस्तान सग भिड्ने

१ असार २०७४ / खगेन्द्र खरेल
भारत इंग्ल्याण्डमा जारी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा पुगेको छ । सेमिफाइनलमा बंगलादेशलाई ९ विकेटको भारी अन्तरले पराजित गर्दै अन्तिम दुइमा स्थान पक्का गरेको हो ।

बर्मिङ्घममा टस जितेर बलिङ्ग गरेको भारतले बंगलादेशलाई २ सय ६४ रनमा समेटेको थियो । २ सय ६५ रनको लक्ष पछ्याएको भारतले मात्र एक विकेट गुमाएर ९ ओभर ५ बलको खेल बाँकी छदा जित हात पारेको हो । यो फराकिलो जित सगै उपाधिका लागि पाकिस्तान सगको भिडन्त सुनिस्चित गरेको छ । लिग चरणमा पाकिस्तानले भारत सग हार बेहोरिसकेको छ । फाइनलमा उसले बदला लिने मौका पाएको छ ।

भारतको जितमा ओपनर रोहित शर्माले एक सय २३ रन अभिजित बनाउदा बिराट कोहलीले ९६ रन अभिजित बनाए । उनि ४ रनले सतक बनाउन बाट चुके । भारतका एक मात्र ब्याट्सम्यान शिखर धावन ४६ रन बनाएर आउट भए ।

यस अघि पहिला ब्याटिंग गरेको बंगलादेशले ७ विकेटको नोक्सानीमा २ सय ६४ रन बनाएको थियो । तामिम एकवालले ७० तथा मुस्फिकुर रहिमले ६१ रन बनाए । भुवनेश्वर कुमार, जस्प्रित बुम्राह र केदार जाधबले दुइ दुइ विकेट लिए ।

च्याम्पियन्स ट्रफीको उपाधिका लागि अब आइतबार चिर प्रतिद्वन्धि भारत र पाकिस्तान आमने सामने हुनेछन ।

Check Also

म्यानचेस्टर सिटी प्रिमियर लिगको शिर्ष स्थानमा उक्लियो, लिभरपुल र बर्नले बराबरीमा

१ असोज / खगेन्द्र खरेल इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार भएको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *