Tuesday , 17 October 2017
Home / देश / उम्मेदवार माथि दाबी विरोध आज,सबै ठाउमा चुनावको उत्साह

उम्मेदवार माथि दाबी विरोध आज,सबै ठाउमा चुनावको उत्साह

५ असार २०७४
दोश्रो चरणको चुनाव हुने ३५ जिल्लामा मनोनयन दर्ता गरेका उम्मेदवारमाथि सोमबार दाबी विरोध पेश गर्ने कार्यक्रम छ । दाबी विरोधका लागि बिहान ८ बजेदेखि १० बजेसम्मको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

मनोनयन दर्ता गराएका उम्मेदवारले मंगलबार बिहान ८ बजेदेखि ११ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने र मंगलबार नै ११ बजेदेखि साढे ११ बजेभित्र अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । मंगलबार नै उम्मेदवारलाई चुनाव चिन्ह वितरण गरिनेछ ।

आउँदो १४ गते हुने दोस्रो चरणको स्थानीय तह चुनावका लागि तीनवटा प्रदेशका ३ सय ३४ वटा स्थानीय तहमा आइतबार उत्साहजनक रुपमा उम्मेदवारी मनोनयन दर्ता भएको हो । दोस्रो चरणमा प्रदेश नं. १, ५ र ७ का एउटा महानगरपालिका, ७ वटा उपमहानगरपालिका, १ सय ११ वटा नगरपालिकाका र २ सय १५ वटा गाउँपालिकामा चुनाव हुँदैछ । यो चुनावबाट १५ हजार ३८ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

आइतबार मनोनयन दर्ता भएसँगै चुनावी प्रचार तीव्र भएको छ । गर्मी बढेपनि तराईका विभिन्न ठाउँमा चुनावी चहलपहल बढेको छ । चुनावको विरोधमा रहेका राजपा र नेकपा नेता कार्यकर्ताले समेत केही ठाउँमा स्वतन्त्र उम्मेदवारी दिएपछि चुनावको उत्साह झनै बढेको हो ।

Check Also

कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता भएरै छाड्यो (सहमति पत्रसहित)

  असोज ३० / खगेन्द्र खरेल नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *