Sunday , 22 October 2017
Home / देश / कर फरछ्यौट आयोगका अध्यक्ष र सदस्य फरार

कर फरछ्यौट आयोगका अध्यक्ष र सदस्य फरार

८ असार,२०७४ / खगेन्द्र खरेल
कर फरछ्यौट आयोगका अध्यक्ष र सदस्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित हुन अस्वीकार गरेका छन् । अख्तियारले उनीहरुलाई देखेमा खबर गर्न भन्दै सार्वजनिक सूचना निकालेको छ ।

अख्तियारले आयोगका सदस्य सचिव एवं राजश्व अनुसन्धान विभागका प्रमुख चुडामणि शर्मालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । साथै अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई पनि आयोगमा उपस्थित हुन पत्र काटेको थियो ।

तर, महत र ढकाल अख्तियारमा हाजिर भएका छैनन् । उनीहरु फरार छन् । अख्तियारले बिहीबार सूचना निकालेर उनीहरुलाई भेटे आयोगको हटलाइन १०७ मा वा प्रहरीलाई खबर गर्न आग्रह गरेको छ ।

Check Also

डोटीमा बस दुर्घटना, ‘तीनजनाको मृत्यु, १० घाइते’

कात्तिक २ / खगेन्द्र खरेल डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *