Tuesday , 19 September 2017
Home / देश / दोस्रो चरणको निर्बाचनका लागि मौन अवधि सुरु

दोस्रो चरणको निर्बाचनका लागि मौन अवधि सुरु

१२ असार,२०७४ / खगेन्द्र खरेल
स्थानीय तह दोस्रो चरणको चुनाबका लागि मौन अवधि सुरु भएको छ । आज र भोलि यो कायम रहने छ । पर्सि असार १४ गते प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ गाउँपालिका र नगरपालिकाको नेतृत्व चयनका लागि निर्वाचन हुँदै छ ।

आज बाट राजनीतिक दल, उम्मेदवार वा समर्थकले कुनै प्रकारको चुनावी प्रचार गर्न नपाउने आयोगले जनाएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले निर्वाचन हुने दिनभन्दा ४८ घण्टा पूर्व बाट मौन अवधि सुरु भएकाले उम्मेदवारको पक्ष वा विपक्षमा मत दिने वा लिने उद्देश्यले कुनै किसिमको प्रचार गर्न नपाउने बताउनु भयो । स्थानीय तह निर्वाचन, निर्देशिकाको दफा ६९ मा मौन अवधिसम्बन्धी व्यवस्था छ । आइतबार राति १२ बजेबाट मौन अवधि सुरु भएको आयोगले जनाएको छ ।

मौन अवधिमा सभा, सम्मेलन, घरदैलो सबै प्रकारका गतिविधिमा रोक लगाइएको छ। वेबसाइट वा सामाजिक सञ्जालमार्फत पनि प्रचारप्रसार गर्न नपाइने आयोगले विज्ञप्तिमार्फत जनाएको छ । मौन अवधिमा प्रचार गरेको पाइए कानुनबमोजिम हदैसम्मको कारबाही हुने विज्ञप्तिमा उल्लेख छ । उम्मेद्वारी खारेजी सम्म हुनेछ ।

दोस्रो चरणमा १ महानगर, ७ उपमहानगर, १११ नगरपालिका र २१५ गाउँपालिकामा निर्वाचन हुँदै छ ।

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *