Thursday , 19 October 2017
Home / देश / दोस्रो चरण निर्वाचनमा ४५ हजार सेना परिचालन

दोस्रो चरण निर्वाचनमा ४५ हजार सेना परिचालन

१२ असार,२०७४
स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा ४५ हजार नेपाली सेना परिचालन हुने भएका छन् । १४ असारमा तीन प्रदेशमा हुन गइरहेको निर्वाचन सुरक्षाअन्तर्गत तेस्रो घेराको सुरक्षामा नेपाली सेना रहनेछ । १, ५ र ७ नम्बर प्रदेशको ३४ जिल्लामा स्थानीय तहको निर्वाचन हुँदै छ ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी झंकरबहादुर कडायतका अनुसार नेपाली सेना निर्वाचन सुरक्षाअन्तर्गत तीनवटै प्रदेशमा तेस्रो घेरामा परिचालित भइसकेको छ । पहिलो घेरामा रहेको नेपाल प्रहरी र दोस्रो घेरामा रहेको सशस्त्र प्रहरीलाई नेपाली सेनाले सहयोग गर्नेछ ।

नेपाली सेना निर्वाचनमा सुरक्षा सतर्कताका लागि तयारी अवस्थामा रहनेसमेत उनले जानकारी दिए । त्यसका लागि प्रदेश नम्बर १ को इटहरी, प्रदेश नम्बर ५ को सुर्खेत र प्रदेश नम्बर ७ को दिपायल र राजधानी काठमाडौंमा सेनाका चारवटा हेलिकोप्टरसमेत तत्काल सुरक्षा परिचालनका लागि तयारी अवस्थामा राखिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि नेपाली सेना परिचालनको स्वीकृति दिनु भएको थियो । राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस, मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसबमोजिम १४ असारमा हुने स्थानीय तहको दोस्रो निर्वाचनमा सेना परिचालनको स्वीकृति दिइएको राष्ट्रपति कार्यालयले जनाएको हो । प्रदेश नम्बर १, ५ र ७ मा अन्य सुरक्षा निकायहरूसँगै एकीकृत तथा समन्वयात्मक रूपमा नेपाली सेना परिचालन हुनेछ ।

(S.nayapatrika)

Check Also

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार,निर्वाचन कार्यतालिकामा कुनै फरक नपर्ने,चुनाव सर्ने आशंका टर्‍यो

कात्तिक १ / खगेन्द्र खरेल सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अलगअलग मतपत्र हुनुपर्ने ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *