Tuesday , 19 September 2017
Home / देश / स्थानीय तह दोस्रो चरणको निर्बाचन आज,ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगको अपील

स्थानीय तह दोस्रो चरणको निर्बाचन आज,ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगको अपील

Chief election Commissioner (CEC) Aayodhi Prasad Yadav Photo: Dinesh Gole/Nagarik/Republica

असार १४, २०७४ / खगेन्द्र खरेल
स्थानीय तह दोस्रो चरणको निर्बाचन आज हुदैछ । तीन वटा प्रदेशमा हुने दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ । साथै सुरक्षाको उचित प्रवन्ध मिलाइएको भन्दै आयोगले ढुक्क भएर मतदान गर्न सबै मतदाताहरुलाई आहृवान समेत गरेको छ ।

आयोगले विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको व्यवस्था मिलाइएको जनाएको छ । हिजो पत्रकार सम्मेलन गर्दै आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले कसैको लोभ, डर, त्रास र धम्कीमा नपरी स्वतन्त्र रूपमा विवेकपूर्ण निर्णय गरेर मत दिन आहृवान गर्नुभयो।

प्रमुख आयुक्त यादवले मतदाता परिचय पत्र लिएर मात्र मतदान गर्न जान समेत आग्रह गर्नुभयो । यदि मतदाता परिचय पत्र हराए वा लिन नपाएको भए आयोगले तोकेको बैकल्पिक व्यवस्था अनुसारका कागजपत्र लैजान उहाले आग्रह गर्नुभयो ।

निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावलीमा नाम भएकाहरुको हकमा नेपाली नागरिकता, लाइसेन्स, पासपोर्ट, जग्गाधनी पूर्जा वा २०७० को चुनावको मतदाता परिचय पत्र भए मतदान गर्न दिने व्यवस्था मिलाएको छ ।

प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहमा ६४ लाख ३२ हजार ७६५ मतदाता छन् । एक महानगरपालिकाका साथै ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा गरी १५ हजार ३५ प्रतिनिधि चयन हुनेछन् ।

आयोगका अनुसार ६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । उनीहरु मध्ये ४१ उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।

निर्वाचनका लागि ४ हजार ५८१ मतदान स्थलमा ८ हजार ३६४ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिएका छन् ।

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *