Monday , 25 September 2017
Home / देश / दोस्रो चरणमा निर्वाचन भएका प्रदेश न. १, ५ र ७ को परिणाममा पनि कांग्रेस र एमालेमा कडा प्रतिस्पर्धा

दोस्रो चरणमा निर्वाचन भएका प्रदेश न. १, ५ र ७ को परिणाममा पनि कांग्रेस र एमालेमा कडा प्रतिस्पर्धा

१५ असार,२०७४ / खगेन्द्र खरेल
दोस्रो चरणमा निर्वाचन भएका प्रदेश न. १, ५ र ७ को परिणाममा पनि कांग्रेस र एमालेमा कडा प्रतिस्पर्धा देखिएको छ । अधिकांश स्थानमा एमाले पहिलो हुदा कांग्रेस दोस्रो तथा कांग्रेस पहिलो हुदा एमाले दोस्रो स्थानमा देखिएको छ । माओवादी केन्द्र तेस्रो स्थानमा छ । झापामा एमालेले अग्रता लिएको छ भने मोरंगमा कांग्रेसले बढत् बनाएको छ । उता रुपन्देहीमा पनि कांग्रेसले अग्रता लिएको छ भने उसलाई एमाले र फोरमले पछ्याई रहेकाछन । बुटवल उप माहानगरमा पनि कांग्रेस अघि रहेको छ ।

अर्घाखाँचीमा कांग्रेस माओवादी गठबन्धन अघि रहेको छ । धनकुटामा एमालेले अग्रता कायम गरेको छ । बिराटनगर माहानगर र इटहरी उप महानगरमा कांग्रेस अघि छ । कञ्चनपुरमा एमालेको अग्रता छ ।

नतिजा
अहिलेसम्म तीन वटा गाउँपालिकाको नतिजा आइसकेको छ । जसमा प्रमुख तीन पार्टी कांग्रेस, एमाले र माओवादी केन्द्र एक÷एक वटा गाउँपालिकामा विजयी भएका छन् ।

नेपाली कांग्रेस
बझाङको काँडा गाउँपालिका अध्यक्ष – राजेन्द्र धामी

नेकपा एमाले
बझाङको मस्टा गाउँपालिका अध्यक्ष – कर्णबहादुर कठायत

माओवादी केन्द्र
सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्ष – डम्बरबहादुर बस्नेत

अहिले सम्म कांग्रेस र एमालेले ९८/९८ स्थानमा अग्रता बनाएका छन् भने माओवादी केन्द्रले ३७ स्थानमा अग्रता बनाएको छ।  राप्रपाले २ तथा जनशक्ति फोरम मिलेर ४ स्थानमा अघि रहेका छन् ।

 

Check Also

नवरात्रको चौथो दिन आज कुष्माण्डा माताको पूजा आराधना गरिंदै

८ असोज / खगेन्द्र खरेल नवरात्रको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *