Sunday , 22 October 2017
Home / देश / झापामा एमालेको अग्रता, कांग्रेस ४, एमाले ९, एक एक स्थानमा माओवादी र राप्रपा अगाडी

झापामा एमालेको अग्रता, कांग्रेस ४, एमाले ९, एक एक स्थानमा माओवादी र राप्रपा अगाडी

 

असार १६,२०७४ / खगेन्द्र खरेल
झापा जिल्लामा एमालेले सुरुवाती अग्रता कायम गरेको छ । झापाका कुल १५ स्थानीय तहमध्ये एमालेले ९ वटा स्थानीय तहमा अग्रता कायम गरेको छ । एमालेले ७ नगरपालिका सहित २ गाउँपालिकामा अग्रता कायम गरेको हो ।

कांग्रेसले मेचीनगर नगरपालिकाका साथै, बाह्रदशी र झापा गाउँपालिकामा अग्रता लिएको छ । कचनकवल गाउँपालिकामा पनि कांग्रेसको अग्रता छ । माओवादी केन्द्रले गौरीगञ्ज गाउँपालिकामा अग्रता कायम गरेको छ भने राप्रपाले हल्दीबारी गाउँपालिकामा अग्रता कायम गरेको छ ।

एमालेले दमक,बिर्तामोड,अर्जुनधारा,शिवसतासी,गौरादह,भद्रपुर,कनकाई,नगरपालिकाका साथै कमल गाउँपालिका र बुद्धशान्ति गाउँपालिकामा सुरुवाती अग्रता लिएको छ ।

Check Also

डोटीमा बस दुर्घटना, ‘तीनजनाको मृत्यु, १० घाइते’

कात्तिक २ / खगेन्द्र खरेल डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *