Monday , 25 September 2017
Home / देश / अब लाइसेन्स लिन नयाँ नियमको तयारी,रोड टेस्ट अनिवार्य,काठमाडौंको प्रदुषण कम गर्न नाकामा वासिङ सेन्टर

अब लाइसेन्स लिन नयाँ नियमको तयारी,रोड टेस्ट अनिवार्य,काठमाडौंको प्रदुषण कम गर्न नाकामा वासिङ सेन्टर

१८ असार,२०७४ / खगेन्द्र खरेल
अब सवारी लाइसेन्स लिंदा रोड टेस्ट अनिवार्य गरिने भएको छ । ट्राफिक प्रहरी महाशाखाले आइतबार पत्रकार सम्मेलन गर्दै ‘रोड टेस्ट’पछि मात्रै लाइसेन्सका लागि यातायात व्यवस्था कार्यालयलाई सिफारिस गर्ने जनाएको छ ।

महाशाखा प्रमुख डीआईजी मिङ्मार लामाका अनुसार रोड टेस्टका लागि आवेदकले एक घण्टा रोडमा सवारी कुदाउनु पर्नेछ । यसअघि ट्रायल पास भएपछि लाइसेन्स दिने गरिएको थियो।

अन्य देशमा पनि यस्तो ब्यवस्था रहेको र त्यसले चालकको रोड पर्फमेन्स थाहा हुने लामाले बताउनुभयो। विभिन्न देशहरुमा लाइसेन्सका लागि यस्तो टेस्ट लिने प्रचलन छ ।

काठमाडौंमा बढ्दो धूलो कम गर्न उपत्यकाका चारवटै नाकामा वासिङ सेन्टर राखिने डीआईजी लामाले जानकारी दिनुभयो।

 

Check Also

नवरात्रको चौथो दिन आज कुष्माण्डा माताको पूजा आराधना गरिंदै

८ असोज / खगेन्द्र खरेल नवरात्रको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *