Sunday , 24 September 2017
Home / देश / ओखलढुंगालाई केन्द्र बनाएर ५.१ म्याग्निच्यूडको भूकम्प

ओखलढुंगालाई केन्द्र बनाएर ५.१ म्याग्निच्यूडको भूकम्प

१८ असार,२०७४ / खगेन्द्र खरेल
आइतबार बिहान ओखलढुंगालाई केन्द्रबिन्दु बनाएर ५.१ म्याग्निच्यूडको भूकम्प गएको छ । बिहान ७ बजेर ४३ मिनेटको समयमा बरुणेश्वर नजिकै केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दुई वर्ष अघि गोरखालाई केन्द्रविन्दु बनाएर गएको महाभूकम्पकै निरन्तरता स्वरुप आइतबार पराकम्प गएको हो ।भूकम्पको धक्का पूर्वका धेरै ठाउँमा महसुस गरिएको जनाइएको छ ।

महाभूकम्प यता अहिलेसम्म ४ म्याग्नेच्यूटभन्दा माथिका ४८३ पटक पराकम्प गइसकेको केन्द्रले जनाएको छ ।

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *