Tuesday , 19 September 2017
Home / देश / झापाका सबै नगरपालिका सहित एक गाउँपालिकामा एमालेको अग्रता,कांग्रेस निराश

झापाका सबै नगरपालिका सहित एक गाउँपालिकामा एमालेको अग्रता,कांग्रेस निराश

१८ असार,२०७४ / खगेन्द्र खरेल
झापाका सबै नगरपालिका सहित एक गाउँपालिकामा एमालेले अग्रता लिएको छ । नगरपालिकाहरू दमक,मेचीनगर ,भद्रपुर ,कन्काई,अर्जुनधारा ,शिवसतासी, ,गौरादह र बिर्तामोडमा एमालेले अग्रता लिएको छ । मतान्तर भने कतै निकै धेरै छ भने कतै झिनो रहेको छ । एक गाउँपालिका बुद्धशान्तिमा पनि एमालेको अग्रता रहेको छ ।

झापामा राप्रपाले केचना कवल गाउँपालिकामा प्रमुख जिती सकेको छ । औपचारिक घोषणा हुन बाँकी छ । त्यस्तै हल्दिबारिमा जितको नजिक रहेको छ । गौरिगंज गाउँपालिकामा थोरै मतले माओवादी अगाडी छ भने नेपाली कांग्रेसले झापा गाउँपालिका,कमल गाउँपालिका र बाह्रदशी गाउँपालिकामा अग्रता बनाएको छ ।

झापा कांग्रेसका एक नेताका अनुसार जिल्लाको मेचीनगर नगरपालिका र बिर्तामोड नगरपालिकामा कांग्रेसले जित्ने बिश्वास लिएको बताउनु भएको छ । ति दुइ नगरपालिकामा एमाले संगको मतान्तर थोरै रहेको छ । बिर्तामोडमा कांग्रेसले मतान्तर निरन्तर घटाउदै लागेको छ । उता मेचीनगरमा प्रतिस्पर्धा सुरु देखि नै रोचक बनेको छ त्याहा कहिले कांग्रस तथा कहिले एमाले अगाडी रहदै आएको छ ।

 

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *