Tuesday , 19 September 2017
Home / देश / राजपा समर्थित स्वतन्त्र उम्मेदवार गाउँपालिका अध्यक्षमा विजयी

राजपा समर्थित स्वतन्त्र उम्मेदवार गाउँपालिका अध्यक्षमा विजयी

१९ असार,२०७४ / खगेन्द्र खरेल
कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा राजपाका स्वतन्त्र उम्मेदवार निसार अहमद विजयी हुनुभएको छ । गाउँपालिकाकाको अन्तिम मतपरिणाम अनुसार उहाँले १ हजार ८ सय ३७ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी अर्का स्वतन्त्र उम्मेदवार कमलेश शरण चौधरीले १ हजार ७ सय ६३ मत प्राप्त गरेका छन् ।

गाउँपालिकाको उपप्रमुख पदमा भने नेपाली कांग्रेसकी सुधा पाण्डेले २ हजार ६ सय ३५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिष्पर्धी संघीय समाजवादी फोरमकी विमला चौधरीले १ हजार ७ सय ६४ मत प्राप्त पाउनुभएको छ ।

प्रमुख पदमा विजयी भएका निसार अहमद तत्कालिन बाँसखोर गाविसको २ पटकसम्म अध्यक्ष पदमा बसेर जिम्मेवारी सम्हालिसक्नुभएको छ । पार्टीले चुनावमा भाग नलिने घोषणा गरेपनि उहाँले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो ।

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *