Thursday , 19 October 2017
Home / देश / झापाको कमल गाउँपालिका : अध्यक्षमा कांग्रेस र एमालेका उम्मेदवारकाे मत बराबर

झापाको कमल गाउँपालिका : अध्यक्षमा कांग्रेस र एमालेका उम्मेदवारकाे मत बराबर

२०,असार,२०७४
झापाको कमल गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका अध्यक्ष उम्मेदवारले मत बराबरी ल्याएका छन् । यससँगै कसलाई बिजेता घोषणा गर्ने भन्ने बारे टुंगो लाग्न सकेको छैन ।

एमालेकी उम्मेदवार मेनका काफले र कांग्रेसका उम्मेदवार हुकुमसिंह राईको बराबरी ८२७५ मत पाएका छन् । अब कसरी निर्णय गर्ने भनेर निर्वाचन अधिकृतले निर्वाचन आयोगको परामर्श मागेका छन् ।

बिजेता टुंगो लगाउने बिधीबारे निर्वाचन आयोगको निर्देशन मागिएको निर्वाचन अधिकृत प्रेमप्रसाद लुइटेलले बताए । सामान्यतः वडाध्यक्ष र सदस्यमा बराबरी मत हुँदा गोला प्रथाबाट टुंगो लगाउने गरिएको छ । तर गाउँपालिका अध्यक्षमै बराबरी भएको यो पहिलो घटना हो । उपाध्यक्षमा भने एमालेका उम्मेदवार बेणु शिवाकोटी बिजयी भएका छन् ।

Check Also

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार,निर्वाचन कार्यतालिकामा कुनै फरक नपर्ने,चुनाव सर्ने आशंका टर्‍यो

कात्तिक १ / खगेन्द्र खरेल सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अलगअलग मतपत्र हुनुपर्ने ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *