Sunday , 24 September 2017
Home / देश / भाग्य पनि एमालेको साथमा, कमल गाउँपालिकाको अध्यक्षमा मेनका काफ्ले निर्वाचित

भाग्य पनि एमालेको साथमा, कमल गाउँपालिकाको अध्यक्षमा मेनका काफ्ले निर्वाचित

२० असार,२०७४ / खगेन्द्र खरेल
झापाको कमल गाउँपालिकामा एमाले र कांग्रेसका अध्यक्ष उम्मेदवारको मत बराबरी भएपछि गोला प्रथाबाट एमालेकी मेनका काफ्ले विजयी हुनुभएको छ ।

एमालेकी उम्मेदवार मेनका काफ्ले र नेपाली कांग्रेसका उम्मेदवार हुकुमसिंह राईको बराबरी ८२७५ मत परेपछि निर्वाचन अधिकृतले निर्वाचन आयोगको परामर्श मागेका थिए ।

आयोगको निर्देशन बमोजिम गोला तान्दा काफ्लोको भाग्य चम्किएको हो ।

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *