Tuesday , 17 October 2017
Home / देश / २८१ स्थानीय तहमा नतिजा सार्बजनिक,एमाले पहिलो स्थानमा,कांग्रेस दोस्रो,माओवादी तेस्रो

२८१ स्थानीय तहमा नतिजा सार्बजनिक,एमाले पहिलो स्थानमा,कांग्रेस दोस्रो,माओवादी तेस्रो

२० असार,२०७४ / खगेन्द्र खरेल
दोस्रो चरणको स्थानीय चुनाव भएका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये मंगलबार बिहान साढे १० बजेसम्म २ सय ८१ तहको आधिकारिक परिणाम सार्वजनिक भएको छ ।

सार्बजनिक नतिजा अनुसार एमाले पहिलो स्थानमा छ । एमालेले प्रदेश नम्बर १ मा ५४, प्रदेश ५ मा ३४ र प्रदेश ७ मा ३४ स्थानीय तह जितेर १ सय २२ स्थान सुरक्षित गरिसकेको छ । यस्तै, कांग्रेस १०७ स्थानीय तह जितेर दोस्रो स्थानमा रहेको छ । कांग्रेसले हालसम्म प्रदेश नम्बर १ मा ४१, प्रदेश ५ मा २९ र प्रदेश ७ मा ३७ स्थानीय तह जितेको छ ।

माओवादी केन्द्रले प्रदेश नम्बर १ मा ८, प्रदेश ५ मा १९ र प्रदेश ७ मा ८ स्थानीय तह जितेर ३५ सिटसहित तेस्रो स्थान सुरक्षित गरेको छ । यस्तै, संघीय समाजवादी फोरमले प्रदेश नम्बर ५ मा ५ र प्रदेश नम्बर १ मा एक स्थानीय तह जितेर ६ सिटसहित चौथो स्थानमा रहेको छ । फोरम लोकतान्त्रिकले प्रदेश नम्बर १ मा २, ५ मा २ र ७ मा एक स्थानीय तह जितेर ५ सिटसहित पाँचौं स्थानमा रहेको छ ।

राप्रपाले तीन र राष्ट्रिय जनमोर्चा दुर्इ स्थानीय जितेका छन् भने राष्ट्रिय जनता पार्टीका स्वतन्त्र उम्मेदवारले एक स्थान जितेका छन् ।

Check Also

कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता भएरै छाड्यो (सहमति पत्रसहित)

  असोज ३० / खगेन्द्र खरेल नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *