Tuesday , 19 September 2017
Home / देश / देशका विभिन्न स्थानमा बाढीले जनजीबन प्रभावित

देशका विभिन्न स्थानमा बाढीले जनजीबन प्रभावित

२१ असार,२०७४ / खगेन्द्र खरेल
केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले देशका विभिन्न स्थानमा जनजीबन प्रभावित भएको छ । बाढीले गर्दा सप्तरीका दर्जनौं गाउँ जलमग्न भएका छन् ।

खाँडो नदी, बिगुल, त्रियुगा, महुली र सुन्दरीलगायतका खोलामा बाढी आउँदा कञ्चनरुप नगरपालिका, तिरहुत गाउँपालिका, रुपनी गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, कृष्णासवरण गाउँपालिकालगायतका दर्जनौं गाउँका १ हजार ५ सयभन्दा बढी घर डुबानमा परेका छन् ।

बाढीले हजारौं विगाहामा लगाइएको धानबाली समेत बगाएर लगेको छ । खाँडो खोलाको बाढीले रुपनी गाउँपालिकास्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रसमेत जलमग्न भएको छ । यस्तै महुली खोलामा आएको बाढीले पोर्ताहाका करिब तीन सय भन्दा बढी घर डुबानमा पर्ने जोखिम बढेको छ । उद्दार र राहतका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । शनिबारदेखिको बाढीका कारण सप्तरी जिल्लाका विभिन्न स्थानमा भत्केको बाँधको मर्मत र पुनर्निर्माणका लागि नेपाली सेना र प्रहरी सहितको सुरक्षाकर्मी परिचालन गरिएको हो।

उता अविरल वर्षाका कारण कन्चनपुरका विभिन्न स्थान डुबानमा परेका छन् । कन्चनपुरको सदरमुकाम भीमदत्त नगरपालिका आसपासका ४ ६, ७, १५ र १८ नम्बर वडाका विभिन्न ठाउँ डुबानमा परेका हुन् । महेन्द्रनरगको मुख्य बजार, शिक्षण संस्था, अस्पताल लगायतका क्षेत्रहरु जलमग्न हुँदा आवत–जावतमा समस्या भएको छ ।

त्यस्तै स्याङ्जामा केही दिन देखिको निरन्तर वर्षापछिको पहिरोले त्याहाको वालिङ नगरपालिका १४ स्थित तमादी गाउँका केही घरपरिवार विस्थापित भएका छन् ।

 

 

 

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *