Tuesday , 17 October 2017
Home / विदेश / इजरायलमा कार्यरत एक नेपाली चेली दुर्घटनामा परि गम्भीर घाइते

इजरायलमा कार्यरत एक नेपाली चेली दुर्घटनामा परि गम्भीर घाइते

२२ असार २०७४ / खगेन्द्र खरेल
इजरायलमा कार्यरत एक नेपाली चेली दुर्घटनामा परि गम्भीर घाइते भएकी छिन् । बिगत ११ बर्ष देखि इजरायलमा केयर गिभर काम गर्दै आएकी झापा धाइजनकी इन्दिरा खड्का गम्भीर घाइते भएकी हुन् । घाइते खड्काको खुट्टा, हात र टाउकोमा गहिरो चोट लागेको भए पनि अहिले खतरा मुक्त बताइएको छ । गम्भीर चोट लागे पनि आत्तिनु नपर्ने अस्पतालले जनाएको छ ।

सो दुर्घटनामा परि उनले हेर्दै आएकी ८८ बर्षिया वृद्धाको घटनास्थल मै मृत्यु भएको छ । स्थानीय समय अनुसार बुधबार बिहान करिब १०.३० बजे तिर उक्त दुर्घटना भएको बताइएको छ ।

Check Also

अहिले सम्मकै सबसे खतरनाक रियालिटी शो, हत्या-बलात्कार सम्मको छुट, स्वयंम जिम्मेदार हुनु पर्ने

असोज २२ / खगेन्द्र खरेल अहिले सम्म देखिएका विभिन्न रियालिटी शोहरुमा सानातिना घटना, लव, रोमान्स ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *