Sunday , 22 October 2017
Home / देश / झापाको विर्तामोड,भद्रपुर एमालेको कब्जामा,कांग्रेसलाइ ठुलो धक्का

झापाको विर्तामोड,भद्रपुर एमालेको कब्जामा,कांग्रेसलाइ ठुलो धक्का

 

२२ असार,२०७४ / खगेन्द्र खरेल
झापाको राजनीतिक र ब्यापारिक केन्द्र विर्तामोड र भद्रपुर नगरमा एमालेले कब्जा गरेको छ । बिर्तामोडमा प्रमुख, उपप्रमुखसहित बहुमत वडामा एमाले विजयी भएको हो। विर्तामोडको प्रमुख पदमा एमालेका ध्रुव शिवाकोटी ९ हजार १ सय १० मत प्राप्त गरि विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसका जलकुमार गुरुङले ८ हजार २ सय १६ मत प्राप्त गरेका छन्।

उप प्रमुखमा एमालेकै पवित्रा महतारा प्रसाईं १० हजार ४ सय ३७ मत प्राप्त गरी विजयी बन्दा निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसकै पार्वता गिरीले ९ हजार ११ मत प्राप्त गरिन्। झापा क्षेत्र नम्बर २ मा पर्ने विर्तामोड नेपाली काङ्ग्रेसको प्रभाव क्षेत्र मानिन्थ्यो।

काङ्ग्रेस साम्सद सुधिर शिवाकोटीको गृहनगर विर्तामोडमा एमालेले ६ वटा वडा जितेको छ भने काङ्ग्रेसले ३ वटा र राप्रपाले एउटा वडा जितेको छ। माओवादी केन्द्रले कुनै वडा जित्न सकेन।

त्यस्तै देशकै पुरानो मध्येको एक नगरपालिका भद्रपुरमा पनि एमालेले कब्जा गरेको छ । भद्रपुर नगरपालिकाको प्रमुखमा जीवनकुमार श्रेष्ठ र उपप्रमुखमा चन्द्रादेवी श्रेष्ठ विजयी भएका छन् । अन्तिम मत परिणाम अनुसार नेकपा एमालेका जीवनकुमार श्रेष्ठ ११ हजार ४२ मतका साथ मेयर पदमा विजयी भएका छन् भने उपमेयरमा नेकपा एमालेकै चन्द्रमया श्रेष्ठले १० हजार ६५० मत प्राप्त गरी विजयी भएकी हुन् ।

नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार गणेश पोखरेल ७ हजार २१५ मत पाएर निकटतम् प्रतिष्पर्धी बने भने कांग्रेसकै तारादेवी भूर्तेल ६ हजार ४९८ लिएर उपमेयरको निकटतम् प्रतिष्पर्धी बनिन् ।

भद्रपुर कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाको निर्बाचन क्षेत्रमा पर्छ । सिटौलाको निर्बाचन क्षेत्रमा कांग्रेस नराम्रो सग पराजित भएको छ । सो क्षेत्रको हल्दिबारी र केचना कवलमा राप्रपाले जिती सकेको छ ।

Check Also

डोटीमा बस दुर्घटना, ‘तीनजनाको मृत्यु, १० घाइते’

कात्तिक २ / खगेन्द्र खरेल डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *