Tuesday , 19 September 2017
Home / देश / दोस्रो चरण निर्बाचनको मत गणना अन्तिम चरणमा, एमाले पहिलो र काँग्रेस दोस्रो बन्ने निश्चित

दोस्रो चरण निर्बाचनको मत गणना अन्तिम चरणमा, एमाले पहिलो र काँग्रेस दोस्रो बन्ने निश्चित

२२ असार,२०७४ / खगेन्द्र खरेल
दोस्रो चरण निर्बाचनको मत गणना अन्तिम चरणमा पुगेको छ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पनि नेकपा एमाले पहिलो दल बन्न सफल भएको छ । दोस्रो चरणमा ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा निर्वाचन भएकोमा अहिलेसम्म ३ सय १८ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ ।

अहिलेसम्म घोषित परिणाममा नेकपा एमालेले १ सय ४२ स्थानीय तहमा विजय हात पारेको छ । नेपाली कांग्रेसले अहिलेसम्म १ सय १७ स्थानीय तहमा जित हात पारेको छ भने नेकपा माओवादी केन्द्र ३७ स्थानीय तहमा विजयी भएको छ ।

यस्तै संघीय समाजवादी फोरमले ७ सिट जितेको छ भने लोकतान्त्रिक फोरमले पनि ६ सिट जितेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी ४, राष्ट्रिय जनमोर्चा २ र तीन जना स्वतन्त्र उम्मेदवारले जित हात पारेका छन् ।

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *