Thursday , 19 October 2017
Home / देश / प्रेस स्वतन्त्रता र सुचनाको हक स्थापित गर्न सरकार र आफ्नो पार्टीले कहिल्यै सम्झौता नगर्ने प्रधानमन्त्री देउवाको भनाइ

प्रेस स्वतन्त्रता र सुचनाको हक स्थापित गर्न सरकार र आफ्नो पार्टीले कहिल्यै सम्झौता नगर्ने प्रधानमन्त्री देउवाको भनाइ

२२ असार २०७४ / खगेन्द्र खरेल
प्रधानमन्त्री शेर बहादुर देउवाले प्रेस स्वतन्त्रता र सुचनाको हक स्थापित गर्न सरकार र आफ्नो पार्टीले कहिल्यै सम्झौता नगर्ने बताउनु भएको छ । नेपाल पत्रकार महासंघका सभापति डा.महेन्द्र विष्टद्धारा लिखित ‘नेपालमा प्रेस स्वतन्त्रता’ नामक पुस्तक राजधानीमा विमोचन गर्दै सो कुरा बताउनु भएको हो ।

देउवाले नेपालमा विश्वमै नभएको प्रेस स्वतन्त्र संविधानलेनै ग्यारेन्टी गरेको भन्दै पत्रकारलाई जिम्मेवार र मर्यादित हुन आग्रह गर्नु भएको छ । उहाले युरोप अमेरिकामा नभएको प्रेस स्वतन्त्रता नेपालमा रहेको बताउनु भयो ।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नेपालको पत्रकारिता बिस्तारै कर्पोरेट हाउसको नियन्त्रणमा गइरहेको भन्दै पत्रकारको सुरक्षमाथि प्रश्न उठाउनुभयो ।

उहाले पत्रकार पनि जिम्मेवार र मर्यादित हुनुपर्ने बताउनु भयो। विष्टले नेपालमा प्रेस स्वतन्त्रको अवस्थाबारे अनुसन्धान गरेर निकालेको सो पुस्तकमाथि प्राध्यापक पि खरेलले टिप्पणी गर्दै पुस्तक भविष्यमा सन्दर्भ सामग्रीका रुपमा महत्वपूर्ण हुने बताउनु भयो ।

Check Also

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार,निर्वाचन कार्यतालिकामा कुनै फरक नपर्ने,चुनाव सर्ने आशंका टर्‍यो

कात्तिक १ / खगेन्द्र खरेल सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अलगअलग मतपत्र हुनुपर्ने ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *