Tuesday , 19 September 2017
Home / देश / सर्वोच्चको मुख्य रजिष्ट्रारमा नहकुल सुवेदीको बढुवा

सर्वोच्चको मुख्य रजिष्ट्रारमा नहकुल सुवेदीको बढुवा

२२ असार,२०७४ / खगेन्द्र खरेल
सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा नहकुल सुवेदी बढुवा भएका छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले न्यायपरिषदको सिफारिस अनुसार सुवेदीलाई सर्वोच्चको मुख्य रजिष्ट्रारमा बढुवा गर्ने निर्णय गरेको हो । सुवेदी यसअघि न्याय परिषदको सचिव थिए ।

मन्त्रिपरिषद बैठकले नेपाल र अष्ट्रेलियाबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयका सचिवलाई अख्तियारी दिएको छ ।

यस्तै मन्त्रिपरिषद्को वैठकले नेपाल र चीन सरकारवीच फिल्ड अफ रजिष्ट्रेसन एण्ड मार्केट इन्टिग्रिटिज विषयक समझदारीपत्रमा उद्योग सचिवलाई हस्ताक्षर गर्ने अख्तियारी दिएको छ ।

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *