Thursday , 19 October 2017
Home / विदेश / कतारले थप नाकाबन्दीको सामना गर्नु पर्ने

कतारले थप नाकाबन्दीको सामना गर्नु पर्ने

 

२३ असार,२०७४ / खगेन्द्र खरेल
साउदी अरबको नेतृत्वमा खाडीका चार राष्ट्रले कतारमाथि थप नयाँ नाकाबन्दी लगाउने चेतावनी दिएका छन्। साउदी अरब, बहराइन, मिश्र तथा संयुक्त अरब इमिरेट्सले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै चेतावनी दिएको बीबीसीले जनाएको छ।

विज्ञप्तिमा भिनएको छ, ‘कतारलाई चार राष्टरको माग सम्बोधन नगरे क्षेत्रीय सुरक्षामा थप खतरा पैदा हुनेछ। साथै थप नयाँ नाकाबन्दी समेत तत्काल हुनेछ।’ तर चार राष्ट्रले कतारमाथि कस्तो प्रकारको नाकाबन्दी लगाउने भन्‍नेबारे खुलाइएको छैन।

पछिल्लो समय चार राष्ट्रले आतङ्ककारीहरुलाई आश्रय र संरक्षण दिएको आरोप लगाउँदै कतारसँगको कुटनीतिक सम्बन्धलाई तोडेका छन् भने चरमपन्थीसँगको सम्बन्धलाई अलग राख्‍न माग गरेका छन्।

केहि दिन अघि ति चार राष्ट्रको सबै आरोपहरुलाई नकार्दै कतारले ती राष्ट्रका माग अस्विकार गरिदिएको थियो। कतार र चार खाडी मुलुकहरुको सम्बन्ध जोड्न अमेरिकी विदेशमन्त्री सोमबारदेखि नै कुवेतको यात्रा गर्ने र यसले सम्बन्ध बलियो बनाउन सहायक बन्‍ने बीबीसीले उल्लेख गरेको छ।

कतारमाथिका प्रतिबन्ध

जुन ५
साउदी अरब, मिश्र समेत कैयौ अरब राष्ट्रले कतारमाथि अस्थिरता क्षेत्र भन्दै राजनीतिक तथा कुटनीतिक सम्बन्ध तोडेका थिए।साथै कतार एयरवेज सेवा समेत बन्द गरिदिएका थिए।

जून ८
कतारले आफ्नो विदेश नीतिको स्वतन्त्रतालाई अरुसामु समर्पण नगर्ने बताएपछि अमेरिकाले खाडी मुलुकलाई एक जुट बनाएका थिए।
कतारमाथि कुन मितिमा के के प्रतिबन्ध लगाइयो ? जुन ५ साउदी अरब, मिश्र समेत कैयौ अरब राष्ट्रले कतारमाथि अस्थिरता क्षेत्र भन्दै राजनीतिक तथा कुटनीतिक सम्बन्ध तोडेका थिए।साथै कतार एयरवेज सेवा समेत बन्द गरिदिएका थिए। जून ८ कतारले आफ्नो विदेश नीतिको स्वतन्त्रतालाई अरुसामु समर्पण नगर्ने बताएपछि अमेरिकाले खाडी मुलुकलाई एक जुट बनाएका थिए। (एजेन्सी)

Check Also

नेपाल र जोर्डनबीच श्रम सम्झौता

कात्तिक १ / खगेन्द्र खरेल नेपाल र जोर्डनवीच बुधबार श्रम श्रम्झौता भएको छ । श्रम ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *